म्यानचेस्टरद्वारा चेल्सी पराजित
शुक्रबार, पुस २२ २०७९

काठमाडौं । रियाद महारेजको निर्णायक गोलमा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा सिटीले १–० ले जितेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो भने दोस्रो हाफमा मात्र जित सम्भव भएको थियो । खेलको ६३ औँ मिनेटमा रियाद महारेजले गरेको गोल नै सिटीका लागि निर्णायक बन्यो ।
जितसँगै सिटीले शिर्षस्थानको आर्सनलसँगको अंक दुरी कम गरेको छ । सिटीले १७ खेलबाट ३९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको आर्सनलको समान खेलबाट ४४ अंक छ ।
चेल्सीले यो सिजन छैटौँ हार व्यहारेको हो । चेल्सीले १७ खेलबाट २५ अंक बनाएर तालिकाको १० औँ स्थानमा छ ।
प्रतिक्रिया
सबै