१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थोम्पसनबीच भेटवार्ता

 शुक्रबार, पुस २२ २०७९  

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटवार्ता गरेका छन् । उनीहरूबीच आज भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय हितका विषयमा र नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका बारेमा कुराकानी भएको छ ।

भेटमा राजदूत थोम्पसनले श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिएका उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया सबै