प्रचण्ड नेतृत्वको सरकारले ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, कस्तो छ कार्यक्रम ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ ।
सत्तारुढ गठबन्धनले तयार पारेको ‘सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम’को मस्यौदामा यो एजेण्डा सामेल गरिएको हो ।
स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउँदै लैजाने र राष्ट्रिय पुँजीको विकास गर्न ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको ।
प्रस्तावित मस्यौदा अनुसार स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता,औषधि, सिमेन्टजस्ता वस्तुको उपयोगमा प्रोत्साहन गर्ने, उत्पादनलाई प्रोत्साहित गर्न सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदान दिने सरकारको योजना रहेनछ ।
यस्तै, गर्ने विषय पनि मस्यौदामा भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने, रोजगार बैंक, स्टार्ट अप कोष र व्यवसाय कोरल्ने केन्द्र स्थापना गरी ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई प्रवर्द्धन गर्ने उल्लेख छ ।