कांग्रेस शीर्ष नेताहरुको बैठक धुम्बाराहीमा
शुक्रबार, पुस २२ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्दैछ ।
केहीबेरमा सुरू हुने बैठकमा भोलि (शनिबार) बस्ने कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्नेबारे छलफल हुनेछ ।
बैठकमा उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको छ ।
प्रतिक्रिया
सबै