‘ए’ डिभिजन लिगका लागि १४ क्लबको नाम दर्ता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ वटै क्लबले नाम दर्ता गराएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले शुक्रबार लिगका लागि सहभागी १४ वटै क्लबहरूले नाम दर्ता गराएको जनाएको हो ।
एन्फाले क्लब दर्ताका लागि आजसम्मको समयसीमा उपलब्ध गराएको थियो भने एन्फाले बाँकी रहेका चार टिमले पनि लिगको तयारी खर्चबापतको पहिलो किस्ता लिएको जनाएको छ ।
यसअघि बिहीबार ११ क्लबले लिगका लागि नाम दर्ता गराएका थिए । जसमध्ये १० टिमले तयारीका लागि पाउने रकममध्येको पहिलो किस्ताबापत १५ लाख रुपैयाँ बुझेका थिए ।
एन्फाले यसपटक लिगको तयारीका लागि क्लबहरूलाई ३२ लाख ५० हजार रुपैयाँ दिँदै छ । ‘ए’ डिभिजन लिग फागुन २० गरेदेखि हुने तालिका रहेको छ ।
यसपटक लिगमा दुई नयाँ चर्च ब्वाइज युनाइटेड र खुमलटार युथ क्लबसहित मनाङ मर्स्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्री स्टार क्लब, संकटा क्लब, न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब गरी १४ टिम सहभागी छन् ।