प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता
शनिबार, पुस २३ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेट भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न बाबुराम भट्टराई शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
भेटमा भट्टराईका अतिरिक्त सोही पार्टीका गंगा श्रेष्ठ र विश्वदीप पाण्डे पनि सहभागी थिए । प्रधानमन्त्री प्रचण्डले यही २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै गरेको विषयमा छलफल भएको बताइएको छ ।
त्यस्तै, वाम पार्टीहरु एक ठाउँमा उभिएर समाजवादी केन्द्र बनाउने र त्यसका लागि नेतृत्व लिने विषयमा पनि छलफल भएको छ ।
प्रतिक्रिया
सबै