७ मंसिर २०८०, बिहीबार Thursday 23 November, 2023

एकीकृत समाजवादीले पठायो पार्टी एकताका लागि जसपालाई पत्र

 शनिबार, पुस २३ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीले जनता समाजवादी पार्टीलाई एकताका लागि पत्र पठाएको छ ।

शीर्ष नेताबीच चलिरहेको एकतावार्ता अब औपचारिक रुपमै अगाडि बढेको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपालाई पत्र पठाइएको जानकारी दिएका हुन् ।

एकीकृत समाजवादीको गत बिहीबारको सचिवालय बैठकले वाम एकताका लागि कार्यदल गठन गरेको थियो । बेदुराम भुसाल, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको कार्यदलले जसपालाई पत्र पठाएको अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालका अनुसार जसपासँग विचारमा कति मिल्ने, मार्क्सवाद र लेनिनवादप्रति कति प्रतिबद्ध हुने, समाजवादप्रति कति प्रतिबद्ध हुने यी सबैमा विचार र धारणा कति मिल्छन्, त्यसआधारमा अहिलेको राष्ट्रिय राजनीतिमा कसरी अगाडि बढ्ने, त्यो सबै टुंगो गरेर एउटा खाका तयार पार्ने र सहमतिको एउटा निश्चित आधार तयार गर्नेछ ।

राजनीतिक सक्रियता बढाउनका लागि वामशक्तिहरुलाई एकताबद्ध बनाउनुपर्ने अध्यक्ष नेपालको भनाई छ ।

प्रतिक्रिया सबै