कांग्रेसका सांसदलाई सक्रिय भूमिका खेल्न देउवाको निर्देशन
शनिबार, पुस २३ २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरुलाई संसद्मा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
सभापति देउवाले कांग्रेस संसदीय दलको बैठकमा पार्टीका नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै यस्तो निर्देशन दिएका हुन् ।
शनिबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सम्पन्न बैठकमा संसदीय प्रक्रिया र मर्यादाका विषयमा प्रमुख सचेतक रमेश लेखकले बोलेका थिए ।
अर्को बैठक २६ गते बिहान ९ बजे बस्ने तयारी छ । उक्त बैठकले सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।
प्रतिक्रिया
सबै