तुइनबाट खसेर दार्चुलामा एक बालक बेपत्ता
शनिबार, पुस २३ २०७९

काठमाडों । दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् । व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएका हुन् ।
तुइनबाट खसेर बालक बेपत्ता भएको खबर आएको र यसबारे थप बुझ्ने प्रयास गरिरहेको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरको भनाई छ ।
स्थानीयका अनुसार नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन् ।
बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि(पछि गएका दिपेन्द्र तुइनबाट नदीमा खसेका थिए । व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण शनिबार मात्रै घटना बाहिरिएको हो ।
प्रतिक्रिया
सबै