१६ मंसिर २०८०, शनिबार Saturday 2 December, 2023

आहा रारा पोखरा गोल्डकपमा संकटा विजयी

 शनिबार, पुस २३ २०७९  

काठमाडौं । संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३—२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।

संकटाले पहिलो २ गोलको अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा गयो । संकटाका लागि कप्तान सुनील वलले निर्णायक गोल गर्दै उपाधि जिताएका हुन् ।

खेलको सातौं मिनेटमा संकटाले पहिलो अग्रता लिएको थियो । सुरजज्यु ठकुरीले खेलको सातौं मिनेटमै गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । संकटाका लागि दोस्रो गोल मेसुकीले गरेका थिए ।

३४ औं मिनेटमा मेसुकीले गोल गर्दा संकटाले अग्रता बढाए पनि पहिलो हाफमा सम्हालिन नसक्दा संकटाले २ गोलको अग्रता गुमायो ।

३७ औं मिनेटमा बीवाइएससीका रेने स्यान्टिलनले गोल गरे । २-१ ले पछि परेको बीवाइएससीले पहिलो हाफको इन्जुरी समयमा एक गोल थप्दै खेल बराबरी गर्‍यो । बीवाइएससीका लागि विलिस ग्रिफिथले गोल गरेका ह्न् । संकटाका लागि ११६ औं मिनेटमा कप्तान सुनील वलले गोल गर्दै संकटालाई जित दिलाएका हुन् ।

प्रतिक्रिया सबै