प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि मलेसियामा बन्धक बनाइएका १३ नेपालीको उद्दार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि मलेसियमा बन्धक बनाईएका १३ जना नेपालीको उद्धार भएको छ ।
अब सरकारको पहलमा उनीहरु नेपाल फर्किने भएका छन् । १३ जना मध्ये ६ नेपाली मंगलबार स्वदेश फर्किन लागेका हुन् ।
नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।
उक्त निर्देशनपछि परराष्ट्र मन्त्रालय मार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो । राजदूतावासले उनीहरूको उद्धार गरेको हो ।
मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, पिआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका सबै श्रमिकहरूलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ ।
दूतावासको पहलमा उनीहरुमध्ये ६ जना मंगलबार र १३ जनवरीमा ७ जना नेपाल फर्किने भएका छन् । यस्तै, मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्नसमेत पहल भइरहेको छ ।