२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

प्रदेश १ सरकारमा माओवादी केन्द्र सहभागी नहुने भएपछि मुख्यमन्त्री अलमलमा

 सोमवार, पुस २५ २०७९  

काठमाडौं । प्रदेश १ को दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी नहुने भएको छ । प्रदेश १ को सरकार ५ वर्ष नै एमालेले चलाउने केन्द्रीय निर्णयप्रति असहमति जनाएको हो ।

निर्णय नसच्याएसम्म सरकारमा नजाने माओवादी केन्द्रले जनाएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङवोलेले पाँच वर्ष नै एमालेलाई मुख्यमन्त्री दिने भनेर गरेको निर्णयले आफुहरुको अपमान भएको बताए । ‘त्यो निर्णय केन्द्रीय नेतृत्वले नसच्याएसम्म हामी सरकारमा सहभागी हुँदैनौं’, उनले भने ।

प्रदेश १ मा माओवादी केन्द्रले पनि मुख्यमन्त्री दाबी गरेको थियो । एमालेको भागमा परेपछि प्रदेश १ को सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले मुख्यमन्त्री आलोपालो हुनुपर्ने जनाउँदैआएको थियो । तर, त्यस्तो नहुने भएपछि प्रदेश १ मा माओवादी केन्द्रको निर्णयप्रति असन्तुष्ट जनाएको हो ।

प्रदेश १ का नव नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्की अलमलमा परेका छन् । स्रोतका अनुसार माओवादीलाई छाडेर मन्त्री बनाउने कि कसैलाई मन्त्री नबनाउने भन्ने विषमा अलमलमा परेका हुन् । उनले आज शपथ लिंदैछन् ।

प्रतिक्रिया सबै