१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

 सोमवार, पुस २५ २०७९  

काठमाडौैं । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

११० सदस्यीय रहेको बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद चाहिन्छ । एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद रहेका छन् ।

सत्ता साझेदार दलबीच आइतबार भएको सहमतिअनुसार ७ प्रदेशमध्ये एमालेले प्रदेश १, गण्डकी र लुम्बिनी पुरै कार्यकाल र माओवादीले कर्णाली, आलोपालोअन्तर्गत बागमतीमा (पहिला माओवादी) सुदूरपश्चिममा (दोस्रो कार्यकाल) सरकारको नेतृत्व गर्ने भएका छन् ।

एमालेले नेतृत्व गरेका प्रदेशमा माओवादीबाट सभामुख र माओवादीले सरकारको नेतृत्व गरेका प्रदेशमा एमालेका सभामुख हुने भएका छन् ।

हेर्नुहोस् नियुक्ति पत्र :

 

प्रतिक्रिया सबै