२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

कुमारी बैंकको भेडासिंह शाखा सञ्चालनमा

 मङ्लबार, पुस २६ २०७९  

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती जिल्लास्थित वडा नं.२५ मा भेडासिंह शाखा पौष २५ गतेबाट सञ्चालनमा ल्याएकोे छ ।

समारोहको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोलज्यूले गरे । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउनेयोजना बनाएको छ ।

विगत २१ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया सबै