२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

दादुरा कसरी सर्छ, यो रोगबाट कसरी बच्ने ?

 बुधबार, पुस २७ २०७९  

काठमाडौं । दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । संक्रमण भएको सातदेखि चौध दिनमा लक्षण देखिन्छ । यो रोग सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्छ र छिट्टै महामारीको रुप पनि लिन सक्छ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्युसमेत हुन सक्छ ।

दादुरा रोगका लक्षणहरू
दादुरा रोगको पहिलो लक्ष्यण उच्च ज्वरो आउनु हो । रोगीसँग सम्पर्क भएको १०–१२ दिन पछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखा पर्छन् । केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा विमिरा देखापर्छन् । यी विमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी विमिरा ५, ६ दिन सम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया यो रोगको जिवाणु शरीरमा प्रवेश गरीसकेपछि यसको लक्षण देखिन १४ दिन (घटीमा ७ दिन र बढीमा १८ दिनसम्म) लाग्दछ ।

कसरी सर्छ ?
दादुरा रोग रोगीको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा यसका विषाणु हावामा फैलिन्छन् र यो रोग सर्ने गर्छ । यो रोग बालबालिका समूहमा जम्मा हुने वा भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्न सक्छ, जस्तैः विद्यालय, अस्पताल आदि ।

दादुरा रोगको उपचार
दादुरा रोग लागेका बालबालिकाहरूलाई पोषिलो खाना र झोलिलो खानेकुरा जरुरी हुन्छ । कान पाक्ने र कडा श्वास–प्रश्वास रोगको उपचारको लागि मात्र प्रतिजैविक औषधी दिनुपर्छ । बिरामीलाई खान र झोलिलो पदार्थ पिउन प्रोत्साहित गर्नुपर्दछ । दादुरा रोगको निदान भइसकेका बालबालिकाहरूलाई २४ घण्टाको फरकमा २ मात्रा पूरक भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । दादुरा रोग विरुद्ध लगाइने खोपले दादुरा रोगबाट बचाउन सकिन्छ ।

प्रतिक्रिया सबै