२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

 बुधबार, पुस २७ २०७९  

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री नियुक्त भएका छन् । बुधबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजेसम्मको समय सीमा तोकेका थिए ।

प्रदेश प्रमुख शेरचनले दिएको अवधि भित्रै दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । गिरीले ७ दलका ५८ सांसदको हस्ताक्षरसहित बुधबार दिउँसो २ बजे मुख्यमन्त्रीको लागि दाबी पेश गरेका हुन् ।

मुख्यमन्त्रीको दाबी पेशका लागि सत्ता गठबन्धनमा आवद्ध दलका सांसदहरू हस्ताक्षर सहितउपस्थित भएका थिए । एमालेका २९ जना सांसद छन् । सरकारलाई माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३÷३ जना सांसदले समर्थन गरेका हुन् ।

प्रतिक्रिया सबै