२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी-२० लिग

 बुधबार, पुस २७ २०७९  

काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगको उपाधि जितेको छ । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्स सो उपाधि जितेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सकेको हो ।

विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाए । अर्का ओपनर गौरान्सु शर्मा भने ४ रनमा आउट भएका थिए ।

कप्तान रोहितकुमार पौडेल पहिलो बलमै आउट भए । हुसेन तलात ८ बलमा १३ रनमा रन आउट भए । पृथु बास्कोटाले २९ बल खेल्दै ३१ रन बनाए ।

बलिङमा लुम्बिनीका सागर ढकाल र हर्मित सिंहले समान २-२ विकेट लिए । विपुल शर्मा र किशोर महतोले १ –१ विकेट लिए ।

प्रतिक्रिया सबै