लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले आज दाङमा शपथ लिंदै
बिहिबार, पुस २८ २०७९

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् ।
बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्री नियुक्त भएका गिरीले आज (बिहीबार) दाङ देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा दिउँसो १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
एमाले संसदीय दलका नेता गिरी प्रदेश सभाका १० दल मध्ये ७ दल र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
मुख्यमन्त्रीसँगै सत्ता साझेदार दल माओवादी केन्द्रलाई समेटेर आजै सानो आकारको मन्त्रीमण्डल गठन हुने नेकपा एमाले संसदीय दलका एक सांसदले जानकारी दिए ।
प्रतिक्रिया
सबै