२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

युक्रेन युद्धका लागि पुटिनले फेरे रुसका शीर्ष कमान्डर

 बिहिबार, पुस २८ २०७९  

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसका शीर्ष कमान्डर सर्गेई सुरोभिकिनलाई पदबाट हटाएका छन् । उनी तीन महिनाअघि मात्र युक्रेनमा नियुक्त भएका थिए ।

उनको स्थान चिफ अफ जनरल स्टाफ वलियरी गेरासिमोफले लिएको बीबीसीले जनाएको छ । गिरासिमोफ सन् २०१२ मा चिफ अफ जनरल स्टाफ पदमा छन् । सोभियतकाल पछि सबैभन्दा लामो समयसम्म चिफ अफ जनरल स्टाफ पदमा रहेको उनी नै हुन् ।

युक्रेनका केही भूभाग आफ्नो भएको दाबी गर्दा विवाद बढेपछि गत वर्ष २४ फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ ।

जारी लडाइँको क्रममा दुवै देशले ठूलो क्षति व्यहोरेका छन् । हालैमात्र रुसी सेना पूर्वी युक्रेनतर्फ अघि बढिरहेको समाचार सार्वजनिक भएको छ ।

प्रतिक्रिया सबै