२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित

 बिहिबार, पुस २८ २०७९  

काठमाडौं । प्रदेश १ का सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतमको सर्वसम्मत निर्वाचित भएका छन् । उनलाई बिहीबार बसेको प्रदेशसभाको बैठकले सर्वसम्मत निर्वाचित गरेको हो ।

ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित गौतमलाई एमालेका रेवती रमण भण्डारीको प्रस्तावमा एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपालबहादुर विश्वकर्माको समर्थनले समर्थन गरेका थिए ।

सभामुखमा गौतमको एकल उम्मेदवारी परेकाले बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य गयानन्दन मण्डलले गौतम सभामुखमा निर्वाचित भएको घोषणा गरेका थिए । केन्द्रमा भएको सहमतिअनु्सार उपसभामुख एमालेको भागमा परेको छ । तर, एमालेभित्रै उपसभामुखका लागि चार जना आकांक्षी छन् ।

आज बस्ने प्रदेशसभा बैठकले उपसभामुखको निर्वाचनका लागि तालिका सार्वजनिक गर्ने कार्यसूची छ । उपसभामुखको निर्वाचन पुस ३० गते तोकिएको छ ।

प्रतिक्रिया सबै