२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

मधेसमा तीन जना मन्त्रीले लिए शपथ

 शुक्रबार, पुस २९ २०७९  

काठमाडौं । मधेस प्रदेशमा तीन मन्त्रीले शपथ लिएका छन् । मधेस भवनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सत्ता साझेदार दलहरु मन्त्रालय भागवण्डाको लागि बिहीबार रातिसम्म बैठक बसेका थिए । तर, सबै मन्त्रालयमा सहमति हुन् सकेन । सहमति नभएपछि मन्त्रीलाई विभाग नतोकेरै शपथ गराइएको हो ।

नेकपा एमालेका सरोज यादव जसपाका सञ्जय यादव र जनमत पार्टीबाट इन्जिनियर बसन्त कुशवाहाले शपथ ग्रहण गरेका हुन् । नेकपा (माओवादी केन्द्र)ले भागवण्डामा असन्तुष्टि जनाउँदै शपथ लिएका छैननन् । तर, माओवादी संसदीय दलका नेता भारतप्रसाद साह शपथ ग्रहण समारोहमा उपस्थित भएका थिए ।

प्रतिक्रिया सबै