नयाँ बानेश्वर क्षेत्रका अवैध संरचनामा महानगरले चलायो डोजर
शुक्रबार, पुस २९ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरपालिकाले नक्साविपरीत निर्माण भएका संरचना भत्काउने अभियानअन्तर्गत प्रहरीको सुरक्षामा डोजर चलाएको हो ।
महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार मापदण्डविपरीत बनेका घरका पाली, भर्याङ, होर्डिङ बोर्ड भत्काइएको हो ।
यसअघि, महानगरका अवैध संरचना र घर टहरा भत्काउन गृह मन्त्रालयसँग सुरक्षा माग गरेको थियो । गृहले आवश्यक सहकार्य र समन्वय भए महानगरलाई साथ दिने प्रतिक्रिया दिएको थियो । महानगरपालिकाले साउन १ गतेदेखि अवैध संरचना भत्काउने अभियान सुरु गरेको थियो ।
प्रतिक्रिया
सबै