२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

अब नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गर्न नपाउने

 शनिबार, पुस ३० २०७९  

काठमाडौं । अब नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गर्न नपाउने भएको छ । नेपालमा बसोबास गर्ने व्यक्तिले कुनैपनि किसिमले विदेशमा लगानी गरेको पाइएमा कारबाही गर्ने नेपाल राष्ट्र बैंकले जनाएको हो ।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै विदेशमा लगानी गर्ने कार्य नगर्न सूचीत गराएको छ ।

विदेशी विनिमय ऐन, २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको छ । सोही ऐनको दफा ९ (ग) ले केन्द्रीय बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको छ ।

सूचनामा भनिएको छ- ‘विदेशमा घर–जग्गा खरिद, घितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पूँजीगत प्रकृतिका कारोबार र यस बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्न एवम् त्यस्तो कार्य गर्ने वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।’

प्रतिक्रिया सबै