२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

सुदूरपश्चिम सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित

 मङ्लबार, माघ ३ २०७९  

काठमाडौं । तेस्रो पटक भएको मतदानबाट सुदूरपश्चिमको सभामुखमा बझाङबाट चुनाव जितेका माओवादीका भीम भण्डारी निर्वाचित भएका छन् ।

पुस २८ गते भएको निर्वाचनमा एक मत बदर भएर बहुमत नपुगेपछि माघ ३ गतेको बैठकबाट भण्डारी बहुमतसहित सभामुख चुनिएका हुन् ।

भण्डारीलाई माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक जना सांसदले मत दिएका हुन् ।उनको विपक्षमा नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४ र स्वतन्त्र एक जनाले मत दिएका थिए ।

कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा भने २३ मत परेको थियो ।

प्रतिक्रिया सबै