२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

स्वास्थ्य राज्यमन्त्री तोसिमाको उद्घोष : पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं

 मङ्लबार, माघ ३ २०७९  

काठमाडौं । स्वास्थ्व राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेकी छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने उनले बताएकी हुन् ।

राज्यमन्त्री कार्कीले आइतबार दुईवटा निर्णयमा हस्ताक्षर गरेकी छन् । आँखाको स्वास्थ्य उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने र स्वास्थ्य संस्थाको सेवाको न्यूनतम मापदण्डसम्बन्धी निर्णय गरेकी हुन् ।

संविधानमा उल्लेख भए अनुसार स्वास्थ्यलाई मौलिक हककै रुपमा विकास गर्ने उनको भनाई छ । कार्कीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (०७९–०८६) मा हस्ताक्षर गर्दै आँखाको उपचार सर्वसुलभ बनाउने बताईन् ।

प्रतिक्रिया सबै