२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्रीसहित १८ जनाको मृत्यु

 बुधबार, माघ ४ २०७९  

काठमाडौं । युक्रेनको राजधानी किभस्थित हेलिकप्टर दुर्घटना हुँदा त्यहाँका आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । बुधबार किभस्थित एक स्कुलमा क्षति पुग्ने गरी हेलिकप्टर दुर्घटना भएको हो ।

बीबीसीका अनुसार बालबालिकाको पनि मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ । साथै दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरूको अहिले नजिकका अस्पतालमा उपचार भइरहेको छ । हेलिकप्टरमा मन्त्री डेनेस मोनास्टिर्स्कीसहित जम्मा ९ जना सवार थिए ।

आन्तरिक मामिलामन्त्री डेनेसका सहायकमन्त्रीको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय प्रहरी प्रमुख इहोर किमेन्कोले युक्रेन सरकारको आपतकालीन सेवाको हेलिकप्टर दुर्घटनामा परेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

स्कुलबाट नजिकै हेलिकप्टर दुर्घटना भएपछि स्कुलका बालबालिका र कर्मचारीहरू भागेर सुरक्षित स्थानतर्फ गएका थिए । दुर्घटनाले किन्डरगार्डेन सञ्चालन भएको भवनमा पनि ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया सबै