सुनको मूल्य स्थिर, चाँदी घट्यो
बिहिबार, माघ ५ २०७९

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि छापावाल सुन तोलाको एक लाख चार हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजाबी सुन तोलाको एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सबै