सिके राउतको प्रश्न: थोत्रा जहाज सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गर्न कुन विधिले रोक्यो ?
काठमाडौं । जनमत पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद सिके राउतले थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मोटरसाइकल दुर्घटना हुँदा चालकलाई हिरासतमा लिई अनुसन्धान थाल्ने प्रहरीले जहाज दुर्घटना हुँदा किन सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ नगरेको हो भन्दै प्रश्न समेत गरे ।
राउतले गृहमन्त्री रवि लामिछानेलाई थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गर्न आग्रह गदै भने- ‘मोटरसाइकल दुर्घटनामा पनि प्रहरीले धनीलाई हिरासतमा लिएर छानबिन सुरू गर्छ । पुरानाभन्दा पुराना थोत्रा जहाज ल्याएर सञ्चालनमा ल्याउने सञ्चालक, अनुमति दिने टोली र उडान अनुमति दिने टोलीलाई पक्राउ गरी छानबिन गर्न कुनचाहिँ विधि र प्रक्रियाले रोकेको छ ? या त भन्नुपर्यो, सानालाई ऐन र ठूलालाई चैन !’
उनले गृहमन्त्री लामिछानेलाई यस विषयलाई गम्भीरतासाथ लिन र छानबिन गर्न माग पनि गरे । ‘तपाईंचाहिँ प्रक्रियावादी नबन्नुहोस् । गत आइतबार पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो। चालक दलकासहित उक्त जहाजमा ७२ जना थिए ।
यो पनि
सीके राउतले रोस्ट्रमबाटै गरे सहिदको नाममा मौनधारण, केही सांसद उठे, प्रचण्ड उठेनन्