३ अर्ब ४ करोडको सेयर कारोबार
बिहिबार, माघ ५ २०७९

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से ५.७१ अंकले बढेर बन्द भएको छ । सेयर बजार २१७८.८१ बिन्दुमा पुगेर रोकिएको हो ।
यो ०.२६ प्रतिशतको वृद्धि हो भने बिहीबार उपसूचकहरुमा समेत मिश्रित नतिजा देखिएको छ । बैकिङ, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो भने अन्य उपसूचकहरु घटेका छन् ।
बिहीबार २४६ धितोपत्रको ५८ हजार ६६५ वटा कारोबारबाट ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भयो । बिहीबार ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ ।
यस्तै, आदर्श लघुवित्त र मैलुङ खोला जलविद्युतको सकारात्मक सर्किट लेबलमा कारोबार भएएको छ । निफ्रा, ग्रीन भेन्चर, स्वेत गंगा हाइड्रो समेत धेरै मूल्य बढ्ने कम्पनीमा रहे । कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा धेरै ८.८९ प्रतिशतले गुमाएको छ ।
प्रतिक्रिया
सबै