२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

ढाका म्याराथनमा पुष्पा भण्डारीले जितिन् स्वर्ण

 शुक्रबार, माघ ६ २०७९  

काठमाडौं । बंगलादेशको ढाकामा शुक्रबार भएको बंगबन्धु शेख मुजीम ढाका म्याराथनमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् ।

४२.१९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै ढाका म्याराथनमा दास्रोपल्ट उपाधि जितेकी हुन् ।

यो उनको ब्यक्तिगत उत्कृष्ट प्रदर्शन पनि हो । यसअघि १३औं सागमा उनले २ घण्टा ५० मिनेट ११ सेकेन्डको टाइमिङसहित रजत जितेकी थिइन् ।

महिला म्याराथनमा राष्ट्रिय कीर्तिमान भने कान्छी माया कोजुको नाममा छ । काठमाडौंमा भएको प्रतियोगितामा उनले २ घण्टा ५५ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् ।

शुक्रबारको स्पर्धामा श्रीलंकाकी मधुमाला परेरा दोस्रो हुँदा नेपालकै विन्द्रा धानके श्रेष्ठ तेस्रो भएकी छन् । मधुमालाले २ घण्टा ४८ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरिन् । विन्द्राले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरिन् ।

पुष्पा बंगबन्धु शेख मुजिम ढाका म्याराथनको २०२१ संस्करणकी पनि स्वर्ण पदक विजेता हुन भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी थिइन् ।

दक्षिण एसियाली स्पर्धाको उपाधिसँगै पुष्पाले ५ लाख टाका (बंगलादेशी मुद्रा) पुरस्कार पाएकी छन् । तेस्रो भएकी विन्द्राले ३ लाख टाका पुरस्कार पाएकी छन् ।

प्रतिक्रिया सबै