प्रतितोला २ सयले घट्यो सुनको मूल्य
आइतवार, माघ ८ २०७९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँले घटेर एक लाख चार हजार ५०० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार तेजावी सुन प्रतितोला एक लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी आज एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
सबै