२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा छापा, गोप्य दस्ताबेज जफत

 आइतवार, माघ ८ २०७९  

काठमाडौं । अमेरिकामा न्याय मन्त्रालयका जाँचकर्ताहरुले राष्ट्रपति जो बाइडेनको डेलावेयरस्थित घरमा छापा मारेका छन् ।

बाइडेनको डेलावेरको वेलमिङटनस्थित घरबाट थप छ गोप्य दस्ताबेज अमेरिकी अधिकारीहरूले जफत गरेका छन् ।कतारी विश्व च्यानल अलजजिराका अनुसार गोप्य दस्ताबेज जफत भएको बाइडेनका वकिल बोब बाउरले पुष्टि गरेका छन् ।

डेलावेर क्षेत्रबाट बाइडेन सन १९७३ देखि २००९ सम्म सेनिटर भएका थिए । उक्त घरबाट ओबामा कालमा उपराष्ट्रपति हुँदाका २००९ देखि २०१७ सम्मका गोप्य दस्ताबेज पनि भेटिएको बताइएको छ ।

शुक्रवार अमेरिकी न्याय विभागका अधिकारीहरूले १३ घण्टा खानतलासी गरेर गोप्य दस्ताबेज जफत गरेका थिए ।

प्रतिक्रिया सबै