२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

 सोमवार, माघ ९ २०७९  

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।

‘राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेका छौं,’ पूर्वमहामन्त्री समेत रहेका नेता डा. शशांक कोइरालाले भने । उनका अनुसार व्यक्तिको विषयमा भने छलफल भएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने भएको हो । यसअघि सभामुख र उपसभामुखमा पनि कांग्रेसले उम्मेदवार बनाएको थियो । राष्ट्रपति पनि राष्ट्रिय सहमतिमा नै टुंग्याउनेगरी तयारी अघि बढेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

प्रतिक्रिया सबै