२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

भारतमा २ नेपालीको अपहरणपछि हत्या गरेको अभियोगमा ९ जना पक्राउ

 सोमवार, माघ ९ २०७९  

काठमाडौं । भारतमा अपहरणपछि दुई नेपालीको हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्काका अनुसार नेपालमा ४ जना र भारतमा ५ जनालाई पक्राउ गरिएको हो ।

जनकपुर उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नम्बर-१३ का २२ वर्षीय विष्णु साहको अपहरणपछि हत्या भएको थियो । उनीहरुको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरु प्रहरीले सार्वजनिक गरेको छैन ।

‘उनीहरुको संलग्नता रहेको आशंकामा पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं । उनीहरु हत्या गरिएका व्यक्तिसँग कनेक्सन देखिएको छ । थप अनुसन्धानपछि सबै कुरा सार्वजनिक गर्छौं’, एसपी खड्काले भने ।

दुई नेपाली २७ गते भारतमा अपहरणमा परेका थिए । अपहरणपछि फिरौती माग गरे पनि अपहरणकारीले उनीहरुको हत्या गरेका थिए । २८ गते प्रहरीमा जाहेरी परेपछि प्रहरीले अपहरणकारीको खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको थियो ।

दुवैको शव आइतबार धनुषा ल्याएर अन्तिम संस्कार गरिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया सबै