तोलामा ३ सयले बढ्यो सुनको मूल्य
सोमवार, माघ ९ २०७९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दरले बढेसँगै सोमबार छापावाल सुन १ लाख ५ हजार ३ सय र तेजाबी सुन १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार दुवै सुन क्रमश: १ लाख ५ हजार र १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी पनि तोलामा ५ रुपैयाँ महँगो भएको छ । आज १ तोला चाँदीको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सबै