२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

काम गर्न नसक्ने कर्मचारीले राजीनामा दिनू : मन्त्री किराती

 सोमवार, माघ ९ २०७९  

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जनताको काम गर्न नसक्ने कर्मचारीले राजीनामा दिनुपर्ने बताएका छन् । निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट हरेक दिन आफूसमक्ष पठाउन निर्देशन दिँदै काम गर्न नसके राजीनामा दिएर जान भनेका हुन् ।

मन्त्री किरातीले निगमको बिजनेस प्लान पनि मागे । ‘हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउनुस्, जहाज कहाँ, कति उड्यो, कहाँ रोकियो, के कारणले रोकियो रु जहाजको रिपोर्ट हरेक दिन हेर्छु, बरु म मन्त्रालयबाट १२ बजे फर्किन्छु, तर, रिपोर्ट हेरेर मात्र फर्किन्छु’, उनले भने, ‘पहिले वायुसेवाका निगमको कर्मचारीभन्दा छोरी दिन हुरुक्क हुनेहरु अहिले किन घृणा गर्छन् रु’

सबैको नजर भएको निगमलाई बनाउनुपर्ने भन्दै आफुबाट कसैलाई भेदभाव नहुने बताए । ‘मलाई काम चाइयो, निगमले परिणाम देओस्’, उनले भने । राम्रो काम गरे संस्कृति बन्ने भन्दै उनले आफूहरु हिँड्ने पाइला नागरिकका जीवन दर्शन हुने बताए ।

निगमसँग उनले अनलाइन टिकट किन कार्यान्वयन नगरेको भन्ने प्रश्न पनि गरे । ‘यहाँ टिकट नपाइने तर, दलालले टिकट बोकेर विमानस्थल पुग्ने किन हुन्छ रु मैले ठूलै मान्छेले यस्तो गरेको देखेको छु, खान त खानु घिच्न त भएन नि १’

प्रतिक्रिया सबै