प्रधानमन्त्रीको सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त
सोमवार, माघ ९ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन् ।
गजुरेल सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे । तर, उनको ठाउँमा युवा नेता लेखनाथ दाहालले टिकट पाएर निर्वाचित भएका थिए । आफूले टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै गजुरेलले असहमति पत्र समेत माओवादी पार्टी कार्यालयमा बुझाएका थिए ।
त्यसलाई बुझेर प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्ने जिम्मेवारी लिन गजुरेलसँग आग्रह गरेका थिए । गजुरेल माओवादीभित्र प्रचण्डका आलोचक र समर्थक दुवै मानिन्छन् ।
प्रतिक्रिया
सबै