रुबी खान पक्राउ

काठमाडौं । बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
माइतीघरबाट र्यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले पक्राउ गरेको हो । अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला प्रहरीले पक्राउ परेको हो ।
उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।
माइतीघर मण्डलामा विगत २४ दिनदेखि जारी धर्नामा वृहत नागरिक आन्दोलनका अभियन्ताहरू सहभागी भएका हुन् । निर्मला कुर्मी हत्याको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २४ दिनदेखि चलिरहेको धर्नालाई शक्ति र समर्थन दिन आफूहरू माइतीघर भेला भएको अभियन्ताहरूको भनाई छ ।
यसैबीच महिला अधिकारको पक्षमा सिल्पी थिएटरका युवाहरूले सडक नाटक पनि देखाएका थिए ।