निर्मला कुर्मीलाई न्याय माग्दै वृहत नागरिक आन्दोलनको प्रदर्शन
सोमवार, माघ ९ २०७९

काठमाडौं । बाँकेकी निर्मला कुर्मी हत्याको छानबिनको माग गर्दै माइतीघर मण्डलामा जारी धर्नामा वृहत नागरिक आन्दोलनले पनि सहभागी जनाएको छ ।
माइतीघर मण्डलामा विगत २४ दिनदेखि जारी धर्नामा वृहत नागरिक आन्दोलनका अभियन्ताहरू सहभागी भएका हुन् ।
अभियन्ताहरुले निर्मला कुर्मी हत्याको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २४ दिनदेखि चलिरहेको धर्नालाई शक्ति र समर्थन दिन आफूहरू माइतीघर भेला भएको बताए ।
यस्तै, महिला अधिकारको पक्षमा सिल्पी थिएटरका युवाहरूले सडक नाटक पनि देखाएका थिए ।
प्रतिक्रिया
सबै