नेपाली प्रशंसकलाई सन्नीको सम्बोधन- ‘आई लभ नेपाल’
सोमवार, माघ १६ २०७९

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी अहिले नेपालमा छन् । उनले आइतबार बिहान एक भिडियो पोस्ट गर्दै नेपाल रहेको जानकारी दिएकी हुन् ।
हेलो नेपाल भनेर आइतबार बिहान उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै नेपाली फ्यानलाई अभिवादन समेत गरेकी छन् ।
शनिबार बिहान काठमाडौं आएकी उनी साँझ एक कार्यक्रममा पनि सहभागी भएको बताईन्छ । कार्यक्रममा उनले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन समेत गरेकी थिइन् ।
सन्नी यस अगाडि नेपाली फिल्म ‘पासवर्ड’ रिलिजको समय आएकी थिइन् । फिल्म आइटम गीतमा उनको नृत्य समेत रहेको थियो ।
प्रतिक्रिया
सबै