५ बैशाख २०८१, बुधबार Wednesday 17 April, 2024

दुई जलविद्युत कम्पनीलाई साढे ३२ करोड रुपैयाँको आइपीओ जारी गर्न अनुमति

 बुधबार, माघ १८ २०७९  

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत क्षेत्रका दुई कम्पनीहरुलाई आइपीओ जारी गर्न स्‍वीकृति दिएको छ । बोर्डले माघ १६ गते सोमबार डोल्टी पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई कुल ३२ करोड ४१ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डबाट निष्कासन अनुमति पाएका कम्पनीमध्ये डोल्टी पावर कम्पनीले १६ करोड ८ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता आइपीओ जारी गर्न अनुमति दिएको छ ।

यस्तै, भूगोल इनर्जीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँबराबरको १६ लाख ३२ हजार १६० कित्ता आइपीओ जारी गर्न अनुमती पाएको छ । यी दुवै कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल छ ।

क्यापिटलका अनुसार दुवै कम्पनीले जारी पुँजीको ३० प्रतिशत सेयर निष्कासन गर्ने भएका छन् । भने दुवै कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपेयाँका दरले सेयर बिक्री गर्ने छन् ।

प्रतिक्रिया सबै