हामी मानव : किन भित्री धनका भिखारी ?

कविता – हामी मानव
हौं चेतनशील मानव हामी
छौं भित्री धनका भिखारी किन ?
हौं विवेकशील मानव हामी
छौं बाहिरी धनका शिकारी किन
जो छौं टाठा बाठाहरु यहाँ
लाटा सोझलाई घुमाउछौं किन ?
बाहिरी धन कमाउने सोचमा
भित्री धन सबै गुमाउछौं किन ?
सुतेर आउने प्रथा छ हाम्रो
सुतेरै जाने संस्कार छ हाम्रो
स्वार्थ र अहंकार छ किन ?
बटुल्छौं अथाह सम्पत्ति हामी
अरुको आत्मालाई मारी किन ?
हिड्छौं बिसाई छोरा नाती माथि
त्यो पापको भारी किन ?
भन्छौं विवेकशील मानव हामी
उदारताको भावना छैन किन ?
भन्छौं चेतनशील मानव हामी
मानवताको कदर गरदैनौं किन ?
एउटै जात हौं मानव हामी
एउटै पुर्खाको सन्तान हौं हामी
छुवाछुत र जातीय भेदभाव
गर्छौं किन ?
आखिर !
राजा बादशाह अमिर दलित सबै
जाने त्यही आर्यघाटमा हैन र ?
बनी खरानी फुस्सा जलेर बग्छौं
सलल नदीमा एकसाथ हैन र ?
हुन्छौं सहोदर दाजुभाई हुदैन
कोहि अछुत जात त्यहा किन ?
राजा बादशाह महाजन पनि छन्
सब खाली हात त्यहाँ किन ?
निर्बस्त्र आउने मर्म छ हाम्रो
निर्बस्त्र नै जाने कर्म छ हाम्रो
लोभ, लालच र अहम छ किन ?
स्वार्थ त्यागी अहंकार त्यागी
महामानव बन्न खोज्दैनौं किन ?
प्रेमभाव जगाई,उदारबादी बनी
पुनर्जन्मको बाटो रोज्दैनौं किन ?
रचना : ज्ञान बहादुर लामा