८ मंसिर २०८०, शुक्रबार Friday 24 November, 2023

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ : शिक्षामन्त्री

 आइतवार, माघ २२ २०७९  

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन् ।

आइतबार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा उनले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभइ विदेशबाट विद्यार्थीहरू नेपाल ल्याउन सक्नेगरी नीति, निर्माण गर्नुपर्ने बताए । उनले प्राथमिक र आधारभूत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने बताए ।

नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोही अनुरुप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको उनको भनाई थियो । ‘विदेशमा जुन संख्यामा नेपाली विद्यार्थीहरू पठाउँछौँ, विदेशबाट पनि त्यही संख्यामा विद्यार्थीहरू नेपाल भित्र्याउने वातावरण बनाऔँ’, उनले भने— ‘प्रारम्भिक र आधारभुत विद्यालय तहदेखि नै गुणस्तरमा निकै ठूलो समस्या छ । तर नेपालको भौगोलिक बनावटको फाइदा लिँदै इन्टरनेशनल एजुकेशन हब बन्नसक्छ । त्यो हब निर्माण गर्ने भिजनसहित विदेशमा विद्यार्थी एक्सपोर्ट गर्ने नभइ विदेशी विद्यार्थी भित्र्याउनसक्ने वातावरण निर्माण गर्न आवश्यक छ ।’

प्रतिक्रिया सबै