१२ मंसिर २०८०, मंगलवार Tuesday 28 November, 2023

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक महिनामै ढल्यो, मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त

 बिहिबार, माघ २६ २०७९  

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल पदमुक्त भएका छ्न । प्रदेशसभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्रापत गर्नका लागि पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत पाउन नसकेका हुन् । यससँगै गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ ।

‘हुन्छ भन्ने मान्य सदस्यहरुको संख्या भन्दा हुन्न भन्ने मान्य सदस्यहरुको संख्या अधिक देखिएकाले मान्य मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पेश गरेको विश्वासको मत प्राप्त होस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु’, बैठकमा सभामुखले भण्डारीले भने ।

यससँगै प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । यसअघि उनलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएसँग रावलले विश्वासको मतका लागि संख्या पुर्‍याउन नसकेका हुन् ।

प्रतिक्रिया सबै