१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

बैंकहरु बिरुद्ध उद्योगी-व्यवसायीद्वारा विरोध प्रदर्शन

 शुक्रबार, फाल्गुन ५ २०७९  

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरु बिरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरूका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैङ्कहरू विरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् ।

व्यवसायीहरूले पछिल्लो समय बैङ्कहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्ने बाध्य भएको र उद्योगी व्यवसायीहरूमा रहेको सिन्डिकेटका अन्त्य र बैङ्कको ज्यादतीविरुद्ध सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

पछिल्लो समय कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरूका कुनै पनि माग सम्बोधन नगरेको उनीहरुको आरोप छ । उद्योग र व्यापारमा रहेको सिन्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरूको पहुँचसहितको बैङ्कहरूको ज्यादतीविरुद्ध थप आन्दोलन गर्ने चेतावनी समेत कार्यक्रममा दिइएको छ ।

प्रतिक्रिया सबै