१२ मंसिर २०८०, मंगलवार Tuesday 28 November, 2023

ओलीले दिए राष्ट्रपतिको लागि दुई नेताको नाम

 बुधबार, फाल्गुन १० २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिका लागि दुई नेताको नाम अघि सारेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा उनले राष्ट्रपतिका लागि दुई माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सारेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालतर्फ संकेत गर्दै उनले ‘तपाईँले पनि वचन दिएका, कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गर्छ’ भनेको ओली निकट स्रोतको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले भने जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग छल्लाह गर्ने जवाफ दिएका छन् ।

यस्तै ओलील्े आफ्नो भूमिका गठबन्धनप्रति इमान्दार छ कि छैन प्रष्ट पार्न प्रचण्डलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया सबै