१७ बैशाख २०८१, सोमबार Monday 29 April, 2024

लिभरपुल लगातार दोस्रो बराबरीमा

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा क्रिस्टलसँग १–१ को बराबरी खेल्दै लिभरपुल लगातार दोस्रो हारबाट जोगिएको छ।

३२औँ मिनेटमा क्रिष्टलका विलफ्रिड जाहाले गोल गरेर टिमलाई अग्रता दिलाए।

दोस्रो हाफको सुरुमै १० खेलाडीमा सीमित लिभरपुलका लागि लुइस डियाजले ६१औँ मिनेटमा एक गोल फर्काएर बराबरीमा पुर्‍याएका थिए।

लिभरपुलको यो लगातार दोस्रो बराबरी हो । पहिलो खेलमा लिभरपुल फुलहमसँग पनि लिभरपुल बराबरीमा रोकिएको थियो।

प्रतिक्रिया सबै