८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

हर्क साम्पाङप्रति जनताको सुभेच्छा- तपाई ‘प्रधानमन्त्री’ भएको देख्न मन छ !

दिपा थापा
 बुधबार, भदौ २९ २०७९  

काठमाडौं । स्वतन्त्र उम्मेदवार दिएर धरानका मेयर बनेका हर्क साम्पाङ संसारभर छाएका छन् । मेयर बन्नु भन्दा अघि हर्कराजको मिडियामा खासै चर्चा भएको थिएन । तर, पछिल्लो समय भने उनको चर्चा भइरहन्छ । उनि कहिलेकाहीँ आफ्नो अभिव्यक्तीका कारण विवादमा पनि पर्ने गर्छन् ।

१० बर्ष अघिदेखि भ्रष्टचार, बेथिती सीमा अतिक्रममणविरुद्ध, जनताको जनजीविकाको सानो-सानो विषय समेत आवाज उठाउँदै एक्लो अभियान चलाउँदै हिडेका उनलाई धराने मतदाताले स्थानीय तहको प्रमुख पदका लागि विजयी गराएपछि उनको चर्चा चुलिएको थियो ।

धराने जनताको वषौंदेखिको खानेपानीको समस्या समाधान गर्ने प्रमुख उदेश्यको साथ गत स्थानीय निर्वाचनमा भारी मत लिएर बिजयी भएका मेयर साम्पाङले खानेपानीे धराजन बजारमा ल्याउन सफल भएका छन् । सोमबार धरान-१३ जानकी चोकमा १० इन्च पाईमार्फत पानीको फोहोरा झारेर मेयर साम्पाङसहित स्थानीयले खुसी मनाएका हुन् ।

मेयर साम्पाङको दोस्रो प्रोजेक्टको रुपमा भइरहेको खानेपानी अभियान अन्तर्गत सोमबार दश इन्च पाइपबाट ठूलो पानी जानकी चोकसम्म ल्याइएको हो । गोर्खा पिर फाउनडेसन र हर्क साम्पाङ सपोर्ट कमिटि युकेको सहयोगमा खानेपानी निर्माणमा दश इन्च पाइप बिस्तार गरिएको छ । उक्त पाइप करिब २ किलोमिटर जडान गरेर सोमबार जानकी चोकसम्म ल्याइएको छ ।

धरानमा पानी ल्याएको भिडियो सामाजिक सन्ज्यालबाट पोस्ट गर्दै मेयर साम्पाङले खुसी व्यक्त गरेका छन् । उक्त भिडियो पोस्ट गर्दै उनले लेखेका छन्, ‘खर्दु र निसानीलाई मात्र जोडेका छौं सर्दु जोड्न बाँकी छ । सर्दुसँग त झन ठूलो आउनेछ फोहोरा ।’

मेयर साम्पाङले आफू ज्यादैं खुसी भएको प्रतिक्रिया दिँदै सबै श्रमदानमा खटिने र आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिएका छन् । साम्पाङले आफु मेयर भएपछि एक सय दिनभित्र के-के काम गरियो ? भन्ने प्रश्र सोध्नेलाई जवाफ भन्दै १३ वटा कामका विवरण पनि यसअघि नै सार्वजनिक गरेका थिए । उनको योजनामा धरानबासीकै जनश्रमदानले सर्दुखोलाको पानीबाट प्रोटोटाइप हाइड्रो विजुली पनि उत्पादन गरिसकेको छ ।

मेयर साम्पाङबारे हाल विश्वभरका नेपालीहरुबीच चर्चा र बहस हुने गरेको छ । उनलाई अधिकांशले भावी प्रधानमन्त्रीको रुपमा समेत सारेको देख्न सकिन्छ । कतिले भने उनले धरानमा चलाएको श्रम संस्कृतिको अभियानलाई विश्वकै नमुना र उदाहरणीय रुपममा रहेको उल्लेख गरेको पाइन्छ ।

हेरौँ  ‘हर्क साम्पाङ अ रभुलुशन’ फेसपेजमा उनले सेयर गरेको भिडियो सामग्री र स्टाटसहारुमा आएको प्रतिक्रिया :

हर्क साम्पाङ र उनले चलाएको अभियानलाई कसैसँग पनि तुलना गर्न नमिल्ने भन्दै कमेन्टमा सुजन घिमिरेले लेखेका छन्,‘श्रमक्रान्तिले ठूला ठूला चट्टान फोडेर मुल फुटाउन सक्छ । मरुभुमिलाई हराभरा बनाउन सक्छ । कसैको मन नदुखाई तपाईले प्राप्त गर्नु भएको यो उपलब्धि कसैसँग तुलता हुन सक्दैन । सलाम हर्क सर,सलाम धराने स्वतन्त्र जनता ।’

त्यस्तै, हर्कराजलाई प्रधानमन्त्री देख्ने सपना रहेको भन्दै आशुसेन लामा कमेन्टमा लेख्छन्, ‘म काठमाडौंदेखि धरानका मनकारी जनताहरूमा सलाम र हर्क दाईलाई नमन । चाँडै प्रधानमन्त्री भएको हेर्ने मन छ र सँधै साथ छ ।’

यस्तै, प्रेम राईले हर्कको विरोध गर्नेहरुलाई जवाफ दिँदै लेख्छन्, ‘बल्ल थाहा भयो होला नि । हर्क दाजुको कुरा काट्ने र मन नपराउनेहरुले । जहिले ढुङ्गा बोक्ने मेयर रे, ढुङ्गा बोकाउने मेयर रे । किन र केका, कसका लागि यो सब गरेको भन्ने त छर्लङ्ग भयो होला नि ! नभाको भए आँखा च्यातेर हेर्दा हुन्छ । धन्यबाद अनि शुभकामना हर्क दाजै अझै सफलता मिल्दै जाओस् ।’

अर्कोे कमेन्टमा रुपेश शाहीले लेख्छ्,‘धेरै ठूला सपना देखाएनन् उनले, मात्र एउटा एजेन्डा थियो चुनावमा, जसरी हुन्छ धराने जनतालाई पानी खुवाउने ।’ जेहेन्द्र सिलवालले लेख्छन्, ‘सारै खुसी लाग्यो । श्रमदानबाट यस्तो राम्रो काम बन्छ भन्ने सन्देश देशभर फैलियो अझै राम्रो कामको शुभकामना सर ।’

यस्तै, सुएन लावुहाङ्गले कमेन्टमा लेखको छन्, ‘ढुङ्गा बोकेर के गर्छौ ? पाइप बोकेर के गर्छौ ? भन्नेहरुलाई गतिलो झापड । कि त बोलेर गर्नुपर्छ कि त गरेर बोल्नुपर्छ । तर हर्क साम्पाङ एक मात्र त्यस्ता व्यक्ति हुन् जो बोल्छन् पनि गर्छन् पनि । चाहे तितो लागोस चाहे मीठो । धरानमा पानी आयो त ।’

त्यस्तै, याक्थुङ मेघराजले लेखेका छन्, ‘जनताको सेवक हर्क मेयर अनि टिमलाई बधाई छ उठिसकेको छ धराने जनता र धरान देश विकास राजा महाराजा भगवानले बनाउँदैन जुन मान्छेको सचेतना र सत्कर्मले बन्छ जुन बैज्ञानिक उदाहरण धरानेले मौलिक सेवक हर्क साम्पाङको नेतृत्वले प्रमाणित गरिसकेको छ ।’

यस्तै, पुष्पा बजगाईंले लेखेकी छन्, ‘मेयर हर्क साम्पाङ तथा सम्पूर्ण धरान बासीलाई धेरै धेरै बधाई तथा शुभकामना । मेयर ज्यूको धृष्टता अनि धराने जनताको साथ सहयोगले आज यो सफलता हासिल गरेकोमा सम्पुर्णलाई धेरै धेरै बधाई ।’

मानिसलाई खुशि हुन धेरै ठुला कुराहरुको सपना देखाई राख्न नपर्ने उल्ल्ेख गर्दै खिल आले कमेन्टमा लेख्छन्, ‘खुशी दिन र लिन ठुलो कुराहरुको मात्र आवश्यक पर्दैन । हामी आवश्यक अनुसारको सानो सानो कुराहरुमा दुखी र पीडा भोगिराखेका हुन्छौं । मेयर सापको उदेश्य धराने जनतालाई पानी कसरी खुवाउन सकिन्छ एजेन्डा बोक्नु भएको थियो आज त्यो पूरा भयो । जय हर्क सर ।’

यस्तै, प्रभा लिम्बू श्रेष्ठले लेख्छन्, ‘पछी आउने हाम्रो पुस्ताले तपाईंको जीवन कहानी तपाईंले गर्नु भएको संघर्ष अनि तपाईंको योगदानको इतिहास पढ्न पाउनेछन् पक्कै अनि गर्व गर्ने र केही सिक्ने छन् । तपाईंको इतिहासबाट बधाई छ हर्क साम्पाङ ।’

यस्तै, मिलन हाङ राईले लेखेका छन्, ‘हर्क साम्पाङ् सरले जनताको साथ लिएर सफलतापूर्वक धरानमा पानी ल्याउँदा धरान बासी मात्रै हैन देशभर नै खुशी छाएको छ । देशको सपुत हो तपाई ! अब बालेनसँग पनि एक पटक भेटेर एक अर्काको आईडियाहरु बारेमा छलफल गर्नुस् अनि अझ देसले ठुलो राहत पाउने छ ।’

अर्को कमेन्टमा सुमित्रा दास लेख्छिन्,,‘यसो गर र उसो गर भनेर बोल्ने र कुर्सीमा मात्र बस्ने मालिक तथा हाकिम बोस हुन खोज्नेहरु त देशैभरि छन् । बोलेर र बसेर खाने ठुलो हुने संस्कारले राज गरेको देशमा जनतासंगै काम गर्ने एकजना लिडर उदाउनुभाको छ, शुभकामना छ ।’

यो पनि

‘सलाम हर्क साम्पाङ’ सार्वजनिक (भिडियो)

प्रतिक्रिया सबै