८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

हर्क साम्पाङमाथि अमानवीय व्यवहार भयो : युवा संघ प्रवक्ता राई

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । नेकपा (एकिकृत समाजवादी( निकट युवा संघका प्रवक्ता सन्जिप राईले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईमाथि अमानवीय व्यवहार भएको बताएका छन् ।

उनले समाजिक सञ्जालमार्फत मेयर साम्पाङमाथि अमानवीय व्यवहार भएको भन्दै यस्तो अमानवीय व्यवहार नगर्न समेत सम्बन्धीत पक्षलाई आग्रह गरेका छन् ।

उनले मेयर साम्पाङ असली जनप्रतिनिधि र धराने जनताका सेवक भएको बताए । साम्पाङमाथी सतप्रतिशत अमानवीय र यो लोकतान्त्रिक व्यवस्था माथीको उपहास भएको पनि उनले बताए । हरेक असमझदारी र समस्याहरु छ्लफलरसम्वादको माध्यमबाट टुंगाउनु सकिने भन्दै उनले मेयर साम्पाङ पनि वामपन्थी भएको बताए । उनले भने- ‘दुनियाँ दुविधामा छैन, स्वतन्त्र मेयर हर्क पुर्ण वामपन्थी हुन् ।’

‘हरेक जनप्रतिनिधिहरुका लागि मेयर साम्पाङ सचेत प्रयत्न अनुकरणीय छ । तर आज भइरहेको विभिन्न पार्टीका षड्यन्त्रहरु, पानीका फोका झै फुट्ने छन्’, उनले लेखेका छन् ।

प्रतिक्रिया सबै