८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

सरकारले एनसेल खरिदबिक्री छानबिन गर्ने, अनियमितता भएको पाइए कारबाही गर्ने

 बुधबार, मंसिर २० २०८०  

काठमाडौँ । सरकारले एनसेल खरिद–बिक्री प्रकरण छानबिन गर्ने भएको छ । साथै उक्त प्रकरणको छानबिनमा अनियमितता भएको पाइए कडा कारबाही गर्ने सरकारले प्रतिबद्धता जनाएको छ ।

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा समिति बनाएर विस्तृत अध्ययन तथा छानबिन गर्ने जनाएकी हुन् ।

‘नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ,’ मन्त्री शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ  ।

अध्ययन र छानबिनबाट कुनै अनियमितता भएको पाइए सरकारले सम्बन्धित सबैलाई कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउने पनि सरकारले जनाएको छ । नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन सरकार प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

n

प्रतिक्रिया सबै